Search This Blog

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Tuesday, 18 February 2025

गोठाले

आफ्नो पेट नहेरी भर्ने गर्छ वस्तुको पेट
आफू पनि त्यो गर्मी प्रचण्ड सक्षम छ सहन
आफु पछी पछी हिडी पुर्याउछ गन्तव्यमा
आज उस्तै भोली उस्तै मान्दैन उ झनझट ॥

लक्ष्य उस्को सधै एउटा पुरा गर्छ milestone
खुसी उस्लाई यही मिल्छ पर्दैन अनमोल stone
आउछ रमाउछ दिन भरी उफ्रन्दै झोडी छेड्दै
दिन कटाउछ कोमल हृदय वस्तुसग साट्छ ॥

यी हरीयाली वनपाखासंग सारा दुःख साटी
फाटेको भोटा सिलाई लाउछ साटी साटी
दानव रुपी मानवको सहरबाट टाडा रही
कोमल हृदयी वस्तु चराउनु लाग्छ उस्लाई सही ॥

 

                        

  -The Blue Sky(Bikash Limbu) 

 
-Subscribe my youtube channel click here( https://www.youtube.com/channel/UCM0YQN2UQEmlykD6OjIBAkA)

 My YouTube channel

Saturday, 15 February 2025

छिमेकी

मेरो खुसीमा सात दिने मेरो दुःखमा हात दिने,
किताबी ज्ञान भन्दा धेरै व्यावहारिक बनाउने,
मेरो घरको छानो उडाउँदा आफ्नो सम्झी बास दिने,
होऊ तिमी नै [हुन् ती] मेरा प्राणभन्दा प्यारा छिमेकी

सहयोगी छौं जहाँ हरेक काममा एकजुट हुन्छौं ,
निपूर्ण हुन यहाँबाटै व्यावहारिक हुन्छौं,
छिमेकी छिमेक मिलेर बन्छ सुन्दर समाज,
सुन्दर समाज भित्र रहन्छ खुशीको साँझ ।

 

                             -The Blue Sky(Bikash Limbu) 

 
-Subscribe my youtube channel click here( https://www.youtube.com/channel/UCM0YQN2UQEmlykD6OjIBAkA)

 

Pageviews last month