Search This Blog

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Saturday, 22 February 2025

तिम्रा अर्जुनतीरधारी(नसालु ) नजरको वयान म खै कसरी गरु । लाजवाव तिमी, लजालु तिम्रो....

तिम्रा अर्जुनतीरधारी(नसालु ) नजरको वयान म खै कसरी गरु ।
लाजवाव तिमी, लजालु तिम्रो स्वाभावको वयान म खै कसरी गरु ।

छौ तिमी मेरो लागी स्वर्गवाट आए झै परी ,
तिम्रा गुलावी ओठका मुस्कानहरुको वयान म खै कसरी गरु ।

अव बदलियो नजर देख्छु दुनिया सव रङ्गीन ,
पल पलको धड़कनको वयान म खै कसरी गरु ।

तिमी भित्र देख्दै छु म रङ्‌गीन आफ्नो जीन्दगी ,
तिमी प्रतिको प्रेम भावको वयान म खै कसरी गरु ।

 

 

  -The Blue Sky(Bikash Limbu) 

 
-Subscribe my youtube channel click here( https://www.youtube.com/channel/UCM0YQN2UQEmlykD6OjIBAkA)

 My YouTube channel

 

Friday, 28 July 2023

समय हो यो कमजोर उदाउने छु एकदिन || Nepali Gajal

समय हो यो कमजोर उदाउने छु एकदिन ।
खराब हुन्न सधै अन्धकारलाई मेट्नेछु एकदिन ।
 
वाटो होला अफ्ठ्यारो छौन पैला कमजोर,
जति दलदलमा फसेनी तरी आउने छु एकदिन । 
 
जति लडेनी छौन म कहिले आफुसंग हारेको,
नडकमकी गर्वका साथ उभिने छु एकदिन ।
 
समस्या चुनौतीको जङ्गारको सङ्घार तर्दै,
सफलतालाई काधमा राखी आउने छु एकदिन ।
 
पर्खि वस्नु मलाई आमा घरको त्यो पिडीमा,
शिर-उच्च पारी गौरवको साथ हिडाउनेछु एकदिन ।
 
 
- विकाश लिम्बू (The Blue Sky)

Wednesday, 26 July 2023

मैले message call नगर्दा मेरो माया छैन ठान्नु यो तिम्रो गल्ती थियो || गजल || नेपाली साहित्य (The Beginner)

मैले message call नगर्दा मेरो माया छैन ठान्नु यो तिम्रो गल्ती थियो ।
तर मैले गरेको माया तिमी प्रतिको दैव कसम साचो थियो ।

Overthinker हुनु एक आफैमा भाग्य खोट हो ,
तिमीलाई पाउनु मेरो जीवनको अर्को new chapter थियो।

म ठान्छु जीवन एक सिकाईको सङ्‌गालो हो ,
माया-धोका सिकाउन तिमीलाई मेरो जीवनमा पठाइएको थियो ।

सबै कुरा सधै रहुन्न यो वुझ्नु नै तिमी मवाट जानु थियो ,
तिमीसँग विताएको एक एक पल मेरो लागी खास थियो।

Thursday, 7 July 2022

धड्किने गर्छ यो मुटु लिएर तिम्रै नाउँ

धड्किने  गर्छ  यो मुटु लिएर तिम्रै नाउँ,

मनले भन्छ तिम्रै लागि एउटा गीत गाउँ।


गरु खै कसरी वयान तिम्रो त्यो अदाको ,

कट्दै छ दिन रात आजकल लिएर तिम्रै नाउ ।


लुप्त छन भोग निद्रा प्यास देखेसी तिमीलाई

वसमा छैन यो मन पलपल जपी तिम्रै नाउ ।


अब रोकिन यो मन देखेर तिमीलाई

लाग्दै छ टुसीएको प्रेम लिएर तिमी तिरै आउ ।

 

 
 
                                  -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

 

 

Wednesday, 8 September 2021

Love गरियो बिहे गरियो यौवनबस्था को उमेरमा

Love   गरियो      बिहे      गरियो    यौवनबस्था     को      उमेरमा।
बिछोड भयो जीवनबाट  धोका  पाइयो  केही  समयपछि  उमेरमा।

सुन्नु   मान्नु   अनुभवि   व्यक्तिको    कुरा    कसैलाई   नगर्नु    हेला
भावी दिनलाई अन्धकार पारी मायामा फसिन्छ यौबनबस्था को उमेरमा।

जीवनको     अर्थ     बुझिएन    भविष्य     असल   भइ    सुल्झिएन
भावी लक्ष्य बनाएर अघि बढ्नु पर्ने रहेछ यौबानबस्था को उमेरमा।

समय चिनिए न कठोर स्थितिमा पनि   जिबन बाट  हार  मानिएना
भविष्य उज्यालो पार्ने  गर्न  नगर्नु  बिहे   यौवनवस्था को   उमेरमा।

धन       हेरी     स्वार्थी      माया      नलगाउनु     आत्मनिर्भर   बन्नु
सोची     सोची    जीवनको     अर्थ    बुझ्नु    छ     हर      उमेरमा।।
 
 
 
                                  -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

मैले माया तिमीलाई गरे तिमीले मलाई माया गरेन छौं

मैले माया  तिमीलाई  गरे  तिमीले  मलाई   माया   गरेन   छौं।
मैले    राखेको    प्रेम    प्रस्ताव   पनि    अस्वीकार   गरे   छौं।

गल्ती   हुन्छ  मान्छे बाट  त्यसैबाट   असल   ज्ञान  सिक्नुपर्छ
केही गल्ती भयो होला यही निउ पारी मलाई छाडिए गए छौं।

चाहन्थे     म    अमर    कहानी      झैँ    होस्     हाम्रो    प्रेम
मलाई  माया   गरेझैँ   गरेर    दोबाटोमा    छोडी    गए   छौं।

चोखो    माया      अमर     हुन्छ    झुठो      माया     धोका    दिन्छ
केहि मात्र यही छ मेरो लास मा एक थुंगा फुल चढाउन आउने छौं।

                     
                         -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

Thursday, 2 September 2021

मैले माया गर्थे तिमीलाई direct i love you भन्न सकिन

मैले माया गर्थे तिमीलाई direct i love you भन्न  सकिन।
असल भविष्यको सूचनाले गर्दा जीवन साथी बन्न सकिन।

यौवनावस्थाको मात लागेको तिमी भाबि  सोच  नभएको
तिम्रो जस्तो नैतिक चरित्र छवि माटोमा मिलाउन सकिन।

तिम्रो रुप अनि सुन्दर  आँखामा  राखे  पनि   नबिझाउने
तर तिम्रो चरित्र शून्यमा चाहेर पनि माया  लाउन सकिन।

तिमी सधै मस्ती गर्न चाहन्थ्यौं  समय  जिबनलाई  नबुझी
आफ्नो श्रीमान बचाउन तिम्रो  जिबनमा  आउन  सकिन।
 
 
                                             -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

मैले तिमीलाई माया गर्थे तिमीलाई थाहै भएन

मैले   तिमीलाई    माया   गर्थे   तिमीलाई   थाहै   भएन।
केही   समयपछिलाई    भन्दा  हाम्रो    मिलन  नै भएन।

 समयको     व्यवस्था      गर्दा      पाएँ     मैले      धोका
माया त दुई  मनको    मिलन    हरेक    हाम्रो त   भएन।

आउछ तिम्रो   याद    सधै    मन    बाट     हट्नै    हटेन
मह  तिम्रो     प्रेमी     प्रेमास्पद      बन्न      भन्न    सकिन।

पाए दुख अरूको भनाइ बेवास्ता गरी आफ्नै अज्ञानताले
सुन्दर    जीवन    सधैं     खुसीले     बिताउन     सकिएन।

तिम्रो तस्बीर  आँखामा  बसेको  छ  आउँछ   झल   झली
आँफै   पाए   मनमा   मायाको   खोट    हटाउन   सकिन।
 
 
                                          -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

Wednesday, 1 September 2021

तिमीले मलाई हाँसी हाँसी छोडी गयौ

तिमीले       मलाई     हाँसी     हाँसी       छोडी     गयौ।
मायाको     नाता    बीचमै      चटक्क      तोडी    गयौ |
 
तिमिले     माया    लाइ     पैसामा     साट्दो     रहेछौ
मेरो     माया   को     मोल     नबुझी     छोडेर    गयो।

भन्ने   गर्थ्यौ   मलाई   हाम्रो   माया   अमर   हो   भनेर
तर यो त दुई दिनको रहेछ पैसाले लुछी चटक्क गयौ।

कोहि    छैना     यो     संसारमा     मेरो    भन्नु    अब
भन्ने  तिमी  थियौँ छैन अब  कोही तिम्ले छाडेर  गयो।

तिम्रो     यादको      सम्झनामा     दुःखको     यो    बेदना    मा
रुदैछु म एकलाई मेरो भन्नु तिमी थियो तिम्ले पनि छाडेर गयो।
 
 
                                 -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

तिमीलाई खोजे तिम्रो यादमा तड्पिए प्रिये

तिमीलाई     खोजे      तिम्रो     यादमा      तड्पिए     प्रिये।
तिमीले रोजेको  बाटो  अर्कै  रहेछ  म त  जिउँदै  मरे प्रिये।

हामी  त    जोडी     ढुकुरको     जोडी    झैँ    भन्ने    गर्थ्यो
दोबाटोमा   छोडी    गयौ    मलाई    एक्लै    छाडी   प्रिये।

तिमी पराईको हात समाएर हास्दै गयौं म एक्लै रूँदै थिए
ती   पलहरु   सम्झदा  मेरो  छाति  चिरेर   आउछ   प्रिये।

मलाई छाडी गयो  माया पनि मारेउ  पराईलाइ  आफ्नो  सम्झेर
थियो आस तिम्रो रहेनौ तिमिनै सदाको लागि बिदा हुँदै छु प्रिये।
                           
                                          -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

Tuesday, 31 August 2021

हाम्रो सुन्दर मायाको घर छिनमै...

हाम्रो    सुन्दर    मायाको    घर    छिनमै    तिमीले    भत्काइदियौ।
सुनेको   छु   मैले    दिएको    चिनो   उपहार    पनि    फालिदियो।

सुनेको छु तिम्रो जीवन  साथी म  भन्दानी  धनी  अनि  सुन्दर  छरे
तिमी   हासि   खुसी   छौरे    मेरो    मायाको   बाटो   जलाइदियौ।

चखेवाको जोडीलाई बतासले विचलित बनाएझै भयो हाम्रो जोडी
तिमीले   नै   मलाई   पागल   प्रेमी    बन्न    बाध्य    बनाइ    दिया।

काँडै    काँडा    बीचको    फुल     छैन    भयो     तिम्रो    जिन्दगी
मलाई   तिमीले     नै    कागको    अगाडि   बेल    झै   बनाइदियौ।
 
 
                                                 
                                  -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

दन्ते लहर देखाएर तिमी मुस्कुरायौ...

दन्ते      लहर      देखाएर      तिमी      मुस्कुरायौ।
मेरो     मन     तान्दा     तान्दै     उतै    गासिदियौ।

नचिने   सम्म   तिमी    र   म   कहाँको    हो    को
चिने   पछि   मेरो   मुटुको   कुनामा   बसी   दियो।

तिमीसँग     जुनी     काट्ने     चाहाना    छ    मेरो
तिम्रो दिलमा बस्ने बास दिई मायाको साथ अदियो।

नदिनु   है   धोका   जुनी   भरमा   बरुदिन   दुख
जिउन सिकायो धोका दिन्न भनी विश्वास दिलायो।
 
 
                                  -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

Sunday, 29 August 2021

तिमी निष्ठुरीलाई के थाहा बिछोड पछि मनमा कस्तो हुन्छ पिडा...

तिमी निष्ठुरीलाई के थाहा बिछोड पछि मनमा कस्तो हुन्छ पिडा।
तिमीलाई माया गरे पाएँ मैले  बिछोड  पछि  मनमा  अमर  पीडा।

मेरो  चोखो  माया  चिन्न  सकेनौं  धन  हेरी  छोडि    मलाई   गयौ
हेर्दा   देख्छौं  मलाई  खुसी   मनमा  लुकेको   छ   हजारौं  पीडा।

कसैसँग    प्रेम    नगरी     सोच्थे      म       हुन्छ    माया    कस्तो
माया  त  दुई  मनको   सम्बन्ध  रहेछ  वियोगमा   हुन्छ धेरै पीडा।

तिमी  त   मसँग   माया    गर्यो   मन   भुल्याई   समय    बिताउन
मिलनले दिदो हो खुसी र हौसला बिछोडमा नैरस्य र मनमा पीडा।
 
 
 
                                          -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
 

तिमीसँग माया गर्ने मन थियो मेरो...

तिमीसँग        माया          गर्ने         मन       थियो        मेरो।
तर     तिमीसँग      माया     गर्ने     बाटो     थिएन        मेरो।

किनकि  तिमि  थियौ  शोषित   अनि   अर्थ  हेरी  माया   गर्ने
म थिए स्वतन्त्र श्रमजीवि तिमीमा  जस्तो भावना थिएन  मेरो।

तिम्रो माया आदर्श चरित्र नैतिकता लाइ होइन धनसँग थियो
तिमीले    चोक्टा    लुच्छनु   थियो   झुठो   प्रेमी   पनि   मेरो।

तिमीसँग देखेका सपनाहरू तिमीले नै आगो सरी जलाई दियो
तिमी त अति  नै  उत्तम  रहेछौ  मायालु  बनी  धोकादिने  मेरो।
 
                                           -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
 

तिमी मानव भएर त जन्म लियौं तर तिम्रो व्यवहार पशु झै रहेछ...

तिमी     मानव    भएर    त    जन्म    लियौं    तर    तिम्रो    व्यवहार    पशु    झै     रहेछ।
तिमी       भित्र     स्वार्थी     विचार      अहङ्कार      अनि     क्रोधले      भरिएको     रहेछ।

तिमी सुख खोज्छौ सुख क्षणिक मात्र पाउँछौं अभिरल सुख त त्यहाँ पाउँछौं जब भगवान को प्रेमी बनेर
वस्तु    वा   सेवा   यति    भन्छौ,   पाए   अझै    बढी    तिम्रो    मन्त    अझैनि    असन्तोषी    नै    रहेछ।

तिम्ले  आफ्नो  एक    पाइला  चाल्नुअघि    असल   ज्ञानी      मित्रलाई  सोध   तिमीमा   जे   भएतापनि
आफ्नो  अनि अर्काको  विचार  विश्लेषण   गर   नगर्दा  तिम्रै  अज्ञानता  र  घमण्डले पछुताउँदौ रहेछ।

खै        कहाँ      भयो        तिम्रो       व्यवहारमा    परिवर्तन       म      त      राम्रो        हेर्न      चाहन्थे
तिम्रो    शरीरको     स्वरूप     मात्र    राम्रो    भित्र    नैतिक,    चरित्र,    दृष्टि    त    दोषी    नै    रहेछ।
 
 
                                                                                                -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

तिम्रो पाउमा परेमा समयसँग हार खाएपछि...

तिम्रो   पाउमा परेमा    समयसँग    हार     खाएपछि|
अभाव र पश्चतापमा परे म समय भन्दा पछि परेपछि।

खराब  हुलमा  भुलियो लठ्ठा   भइ  गाउँसहर डुलियो
भोगी आएँ अहिले थाहा भए कि धेरै दुःख खाएपछि।

जिन्दगी    कति    सुन्दर    हुँदो    रहेछ    बुझ्न   सकिएन
Teenage मा आफुलाई खराब बाटोको संगतमा लागेपछि।

जब  म  सबैतिरबाट हार  खाए पश्चताप मानी तिम्रो पाए 
मानिस भगवान प्रेमी बन्नेछ उ जिबनबाट हार खाएपछि।
 
 
                                       -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

Friday, 27 August 2021

नारी अब विघुल बनी उठौ आवाज

नारी      अब       विघुल      बनी       उठौ        आवाज
सधको      लागि      लैंगिक       समानताको    आवाज।

नारी    तिमी    कतिसम्म    सहेर   बस्छौं     यो   कर्तुत
लैङ्गिकभेद         विरुद्धमा          उठाऊ        आवाज।

सुसेधन्दामा मात्र सरिक नभई शोषणको पर्दाफाश गर
नयाँ   पिढीको     हितका    लागि    उठाऊ      आवाज।

कसैको  अधिनमा   नबस   अब   आफू    अगाडि  बढ
अधिकार खोज कर्तव्य नबिर्स हितको उठाऊ आवाज।
 
                              -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

नेता हुँ म मेरै तालुमा आलु फलाउँदै छु

नेता  हुँ  म  मेरै  तालुमा  आलु  फलाउँदै छु
खन्चुवा  हुँ म योजनामा प्रक्रिया पुर्याउँदै छु।

भ्रष्टचार        गरेर           परिवा        पालेर
सबैको अघि लोकप्रिय बन्ने कोसिस  गर्दैछु।

देशलाई देन होइन हिन हुने कार्य मैले गरेर
आफ्नो स्वार्थ लाइ  हटाए भन्ने  देखाउँदै छु।

सोझो  साझा     जनताको     आँखा     छलेर
यो ठाउँमा मैले आफ्नो अधिकार जन्माउँदैछु।
 
                                     -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

तिमिले मलाइ छोडी जाँदा...

तिमिले      मलाइ      छोडी     जाँदा
खाएको   बाचा  कसम  तोडी  जाँदा।

म  कति  केही  तिम्रो  याद  मा  रोए
तिमी    अरु सँग     रमाएर    जादा।

मैले   सोचेका   सपनाहरु    तिमिले
आगो   सरी   जलाई   दिएर   जाँदा।

तिम्रो लागि त म केवल दास मात्रै रहेछु
मलाई सर्वहारा बनाएर तिमी जाँदा।
 
                          -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

तिम्लाई माया गर्थे...

मैले     तिम्लाई     माया      गर्थे      हस्त    गरेनाउँ
मैले    दिएको    उपहार     पनि       लिई    दिएनौ।

मसँग    त     धन     नै    थिएन    तिमीसँग    थियो
त्यही  धनको मात लागेर होला  मलाई माया गरेनौ।

तिमीले मलाई छोडि  गए पनि म माया  गरिरहनेछु
मेरो    मायाको    मोल     तिमीले    बुझ्न    सकेनौ।

माया मेरो लागि अमर  थियो  तिम्रो  लागि रमाइलो
गरिब अनि हेला गर्यौ मायाको अर्थ तिमीले बुझेनौ।
 
 
                      -The Blue Sky(Bikash Limbu) 
 
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)

Pageviews last month